प्रदेश अस्पताल सुर्खेतकाे अनुगमन

विवरण

मिति २०७८ वैशाख १७ गते माननीय मुख्यमन्त्रीज्यूले प्रदेश अस्पताल सुर्खेतमा कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिमला के.सी. सहित माननीय मुख्यमन्त्रीज्यू बेलुका प्रदेश अस्पताल पुग्नुभएको थियाे । माननीय मुख्यमन्त्रीज्यूले कोभिड आईशोलेशन वार्डको निरीक्षण पश्चात अस्पताल निर्देशक डा. डम्बर खड्का र कोरोना फोकल पर्सन डा. केएन पौडेलसंग छलफल गरी उपचारलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । माननीय मुख्यमन्त्रीज्यूले कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याहरूको पनि जानकारी लिनुभएको छ ।

 कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर, सुर्खेत ।
 १७ वैशाख, २०७८ - १७ वैशाख, २०७८
 07:50 pm - 07:45 pm