माननीय मुख्यमन्त्रीज्यूको पहलमा मिति २०७८ वैशाख १९ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । जडान भएको लामो समयसम्म पनि अक्सिजन प्लान्ट सञ्चालनमा नआएपछि आजै माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा सत्ता साझेदार दल नेपाली काँग्रेसका दल नेता माननीय जीवनबहादुर शाहीज्यू, सामाजिक विकास सचिवज्यू, नेपाली सेनाका पृतनापतिज्यू, नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुखज्यू लगायतको टोलीले स्थलगत निरीक्षण गर्नुको साथ प्लान्ट सञ्चालनको लागि सहजिकरण गरेको छ ।