हाम्मो कर्णाली

परिचय:

कर्णाली बोल्नासाथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको "कर्नाली" लार्इ सम्झन्छौ, मनन गर्छौ र एक पटक पुगेर अनुभव गर्छौ भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरहरको मानव सभ्यताको विकास नदी संग जोडीएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस् हामी नदी संग जोडीन्छौ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदी संग जोडीएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृति संग जोडीएको छ । हिजोको कर्णाली देख्ने पुर्खाहरूले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडीसकेको देखेका छन् ।

 

कर्णाली के चाहान्छ ?

कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो । कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहान्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्र बिन्दु हुन ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर  दु:खका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो । जस्तो एक मात्र उदाहरण दिउँ कर्णालीलार्इ जल विद्युत उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हवको रूपमा विकास गर्न सकिने आधार छन । त्यस्तै कर्णालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने नपर्ने स्थिति आउछ ।

कर्णाली प्रदेशमा पर्ने जिल्लाहरू

 १) रूकुम (पश्चिम भाग) २) सल्यान ३) डोल्पा ४) जुम्ला ५) मुगु ६) हुम्ला ७) कालीकोट ८) जाजरकोट ९) दैलेख १०) सुर्खेत