२५६५औँ बुद्धजयन्ती–२०७८ को शुभकामना सन्देश

२५६५औँ बुद्धजयन्ती–२०७८ को शुभकामना सन्देश

१३ जेठ, २०७८ मा प्रकाशित


मिति : २०७८ जेठ १२ गते । 

२५६५औँ बुद्धजयन्ती–२०७८ को शुभकामना सन्देश

विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध (सिद्धार्थ गौतम)को २५६५औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिकरुपले धनी हाम्रो देशमा विभिन्न धर्म, संस्कृति र पर्वहरुले आपसी प्रेम, सद्भाव, भातृत्व र सामाजिक एकताको अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । मूलतः अहिंसा, त्याग र विश्वशान्तिको सन्देश फैलाउनुभएका सिद्धार्थ गौतम बुद्धको २५६५औँ जन्मजयन्तीेले आम नेपाली जनतामा आपसी प्रेम, शान्ति र विकासको पथमा अगाडि बढ्ने थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरेको छु ।  

हाल विश्व महाव्याधिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्धको संघर्षमा हामी छौं । यो संघर्षमा विजय प्राप्त गर्न सरकारी निकायहरुसँग आम जनताको पनि हातेमालो आवश्यक छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सक, स्वास्थ्य तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासलाई सहयोग गर्न, सरकारको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछु । 

अन्त्यमा, विश्व शान्तिदूत गौतम बुद्धले दिनुभएको शिक्षा एवं मार्गदर्शनलाई पालना गर्न सकेमा शान्ति र आपसी प्रेम अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकता सुदृढ बन्ने विश्वाससहित बुद्धजयन्ती २०७८ को अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

(.............)

महेन्द्रवहादुर शाही